जनकपुरधाम २४ का वडाध्यक्ष, सचिव र सहयोगी ४ लाख घुस सहित अख्तियारको फन्दामा

IMG-20240911-WA0024

भद्रपुर: जनकपुरधाम उपमहानगरपालिका २४ का वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नियन्त्रणमा लिएको छ। वडाध्यक्ष उपेन्द्र सहनी, वडाध्यक्ष उपेन्द्र साह र सहयोगी विजय मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। घरबाटो सिफारिसका लागि एक सेवाग्राहीसंग चार लाख बढी रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ। स्रोतका अनुसार वडाध्यक्ष सहनी र वडासचिव साहले सहयोगीमार्फत् घुस लिएका थिए। घुस रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएर अख्तियारको टोली घटनास्थलमा आवश्यक कानूनी प्रक्रियामा लागेको छ। पक्राउ परेका वडाध्यक्ष सहनी नेकपा एकीकृत मालेबाट निर्वाचित छन्। जनकपुरधामका मेयर मनोज साहले वडाध्यक्ष र सचिवलाई घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थाहा पाएको बताए। अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले घुस रकमसहित वडाध्यक्ष, वडासचिव र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement