भद्रपुर: मलेसियामा ज्यान गुमाएका झापा अर्जुनधारा नगर पालिका-२ गाँजाबारीका गोपाल बुढाथोकीको अन्त्येष्टी गरिएको छ।
गत भदौ १५ (अगस्त ३१) मा दुर्घटनामा परि मृत्यु भएका बुढाथोकीको अर्जुनधारा-३ स्थित कैदले घाटमा अन्त्येष्टी गरिएको हो। उनको शव सोमबार राति घर ल्याइपुर्याइएको थियो।
अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका ४२ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबार दुर्घटनामा परि मृत्यु भएको हो ।डिउटीबाट फर्कीने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो। राती करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ।
बुढाथोकी करिब २ बर्ष अघि मलेसिया गएका थिए। गोपाल परिवारको एक्लो छोरा तथा ५ जना दिदि-बहिनिका एक्लो माईती थिए। उनको घरमा बुबा–आमा, श्रीमती एक छोरी र एक नाबालक छोरा छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





