भद्रपुर: झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन्।
संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, सबडिभिजन वन कार्यालय धाइजन र धुलाबारी प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।
डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकका अनुसार चापागाईंका साथबाट ८ केजी बङ्गारा, दाँत, पुच्छर, खुर, नंग्रालगायतका शरीरका विभिन्न अंग बरामद गरिएको छ। उनले भण्डारण गरेर राखेको कोठाबाट अंगहरू वन कर्मचारी र प्रहरीले बरामद गरेका थिए। चापागाईंले लामो समयदेखि विदेश जाने प्रक्रियामा रहेका युवालाई महँगोमा औषधिको रूपमा उक्त अंग मिश्रित सामग्री बेच्ने गरेको खुल्न आएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




