भद्रपुर: लेटाङ नगरपालिका वडा नम्बर-६ स्थित गुवावारीबाट लेटाङ बजारतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प २३५ नम्बरको मोटरसाइकलले उर्लाबारी-४ निवासी विकास अधिकारीका ४ वर्षीय छोरा सिवान्स अधिकारीलाई मिलनचोकमा ठक्कर दिएको छ।
प्रत्यक्षदर्शीका अनुसार उक्त घटना हिजो साझ करिब ६:३० बजे घटेको हो। मोटरसाइकलको ठक्करबाट बालकको टाउकोमा गहिरो चोट लागेको छ।घटनापछि मोटरसाइकल चालकलाई तत्कालै घाइते बालकसहित उपचारका लागि विराटनगरको बिराट नरसिङ होममा पठाइएको छ। यसैगरी, मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, लेटाङले नियन्त्रणमा लिएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




