एसएमयूका कूलपतिले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे

n6303393681725996647796d06e0b55ca0d4dbc71ca4c9ba874352c694d2352a540b2b5956590c290925269

गान्तोक: सिक्किम मणिपाल विश्वविद्यालय (एसएमयू) का कुलपति डा. दिलीप चन्द्र अग्रवालले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। यस अवसरमा उनले राज्यपाललाई विश्वविद्यालयको आगामी २४औं दीक्षान्त समारोहको निम्ति औपचारिक रूपमा आमन्त्रित गरे।
उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।
राज्यपाल माथुरले विश्वविद्यालयको यस महत्वपूर्ण समारोहको आयोजनप्रति आफ्नो प्रसन्नता व्यक्त गर्दै विश्वविद्यालय परिवारलाई समारोहको निम्ति शुभकामना दिए। कुलपतिको साथमा विश्वविद्यालयका सम्पर्क अधिकारी डा. सन्दीप कश्यप पनि सामेल थिए।
सिक्किम मणिपाल विश्वविद्यालयको २४औं दीक्षान्त समारोह १५ नोभेम्बर, २०२४ मा आयोजित गरिने छ, जसमा विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूका उत्कृष्ट उपलब्धीहरूको निम्ति सम्मानित गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement