ब्ल्याकमेलिङका कारण राजभवनको जवानले आत्महत्या गरेको खुलासा

IMG-20240717-WA0003

गान्तोक: राजभवनको सुरक्षामा तैनात आईटीबीपीको १३औं बटालियनका एक जवानले ब्ल्याकमेलिङका कारण आत्महत्या गरेको खुलासा भएको छ। गत ५ सेप्टेम्बरका दिन जवानको शव राजभवनको वीआईपी गेटमा फेला परेको थियो।
पुलिस रिपोर्ट अनुसार, गत ५ सेप्टेम्बरका दिन राजभवनको वीआईपी गेटमा आईटीबीपीको १३औं बटालियनका जवान राजा रामको शव फेला परेको थियो। उनको मृत्यु गोली लागेर ​भएको थियो। जॉंचपछि जवानले आफ्नो सर्विस गनले गोली ठोकेर आत्महत्या गरेको तथ्य अघि आएको छ।
जॉंचको क्रममा पुलिसले मृतक जवानको जफत गरिएको मोबाइल छानबिन गऱ्यो, जसमा उनको आत्महत्याको कारण पत्तो लाग्यो। मृतक जवानलाई तीनवटा व्हाट्सएप नम्बरबाट लगातार सम्पर्क गरेर ब्ल्याकमेल गरिरहेको पत्तो लागेको छ। ब्ल्याकमेल गर्नेहरूले जवानलाई अज्ञात युवतीसॅंग उनको फोटो गूगल र युट्यूबमा अपलोड गरिदिने धम्की दिॅंदै पैसा मागेको खुलासा भएको छ।
मृतक जवानले पहिले पनि ब्ल्याकमेल गरिरहेका व्यक्तिहरूलाई फोनपेद्वारा १,६४,००० रूपियॉं दिइसकेको कुरा पनि प्रकाशमा आएको छ। यसपछि, उनी उनीहरूले जवानलाई लगातार सम्पर्क गर्दै सेटलमेन्टको निम्ति एक लाख रूपियॉं मागिरहेका थिए। यसै क्रममा जवानले आत्महत्या गरेको कुरा जॉंचमा अघि आएको छ।
सदर थाना पुलिसले बीएनएस, २०२३ को धारा १०८/१११/३०८(२)/३५१(४) र आईटी एक्ट, २००० अन्तर्गत मामिला दर्ता गरेर जॉंच अगाडि बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement