छात्रावृत्ति योजनलाई लिएर सचेतना कार्यक्रम आयोजित

n6303567531725995374956805b3d85d0800eff200f9fbf068a486be32c7a46b4c7273f1e6448852aec5a81

मंगन: मंगन जिल्लाको सामाजिक कल्याण विभागको पहलमा आज विभिन्न प्रकारको छात्रवृद्धि योजनालाई लिएर जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा एक सचेतना कार्यक्रम आयोजना गरियो।
यस कार्यक्रमको उद्देश्य जिल्लाका १९ माध्यमिक र उच्च माध्यमिक विद्यालयका संस्थान नोडल अफिसर (आईएनओ) लाई विद्यार्थीहरूको लागि उपलब्ध छात्रवृत्ति र अवसरबारे जानकारी गराउनका साथै मार्गदर्शन प्रदान गर्नु रहेको थियो।
कार्यक्रममा मंगन जिल्लाका कल्याण अधिकारी गणेश थापा, सामाजिक कल्याण विभागकी संयुक्त सचिव कविता सुब्बा लगायत अन्य अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कल्याण अधिकारी गणेश थापाले आईएनओहरूलाई सक्रिय रूपमा सत्रमा संलग्न हुन र योजनाबारेमा उनीहरूलाई हुन सक्ने कुनै पनि शंका हटाउन आग्रह गरे।
सोही प्रकारले कविता सुब्बाले जनजाति मामिला मन्त्रालय, अल्पसंख्यक मामिला मन्त्रालय, र अन्य केन्द्रिय र राज्य योजनाहरू अन्तर्गत विभिन्न छात्रवृत्ति योजनाहरूबारे जानकारी गराइन्। उनले योग्यता मापदण्ड, आवेदन प्रक्रिया, र विभिन्न समुदायका विद्यार्थीहरू, जस्तै एसटी, एससी र ओबीसीका लागि उपलब्ध लाभहरूबारे प्रकाश पारिन्।

About Author

Advertisement