राज्यपालसॅंग ग्रीन नैनोटेक्नोलजी र नैनो आयुर्वेदमा अग्रणी वैज्ञानिकहरूले गरे भेट

n630369295172599507526508d5003beabdef631beed6561f3b451924fc74d09c91bd78a57c509860f95347

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई आज सीएसआईआर-आईआईटीआर, लखनऊको कदंबा- ग्रीन नैनोटेक्नोलजी र नैनो आयुर्वेदमा अग्रणी वैज्ञानिकहरूको एक प्रतिनिधिमण्डलले राजभवनमा शिष्टाचार भेट गरे।
प्रतिनिधिमण्डलको अगुवाई दीपा प्रकाशले गरेकी थिइन्।
यस प्रतिनिधिमण्डलमा टक्सिकोलजिकल रिसर्च र सम्बद्ध विज्ञान संस्थानका वैज्ञानिहरू सामेल थिए। यस अवधि टोलीले आफ्नो उत्पादको विषयमा राज्यपाललाई विस्तारपूर्वक जानकारी दिए।
यसैगरी, अगापी-सिक्किमले पनि राज्यपालसॅंग शिष्टाचार भेट गरेको छ। यो सिक्किमको पहिलो महिला नेतृत्वधीन स्टार्टअप हो र यसले प्राकृतिक त्वचा हेरचाह उत्पाद बनाउॅंछ। टोलीको नेतृत्व रिङजिङ छोडेन भोटियाले गरेकी थिइन्। अगापी, तिमी चिया र कदंबाको संयुक्त सहयोगमा एउटा प्राकृतिक त्वचा क्रीम विकसित गरिएको छ।
राज्यपालले सिक्किममा महिलाहरूको नेतृत्वमा सञ्चालित अगापीको सराहना गरे र यसलाई राज्यको निम्ति गर्वको विषय बताए। उनले भने, यस पहलले महिलाहरूको सशक्तिकरणलाई बढावा दिनुका साथै प्राकृतिक र वैज्ञानिक अनुसंधानको क्षेत्रमा पनि एउटा महत्त्वपूर्ण कदम साबित हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement