पाकिममा अनुज्ञालयद्वारा प्रशिक्षकहरुलाई प्रशिक्षण

IMG-20240910-WA0322

पाकिम: अनुज्ञालय दार्जीलिङ डायोसिस सोसियल सर्भिस सोसाइटीले बालबालिकाको मानसिक स्वास्थ्य र कल्याण सम्बन्धमाथि कार्य गर्दै आएका प्रशिक्षकहरूलाई एक दिवसीय प्रशिक्षण प्रदान गरेको छ। पाकिम ग्राम विकास केन्द्रको सम्मेलन कक्षमा आयोजित प्रशिक्षणले बाल परामर्श विषयमा क्षमता विकास, बालबालिकाको कल्याणका लागि सुरक्षित र सहयोगी परिवेश सिर्जना र बालबालिकाहरूमा मानसिक स्वास्थ्य समस्याहरूबारे जानकारी लिने तयारीबारे जानकारी गराएको थियो। बाल परामर्शका विज्ञ डा. सरस्वती कोइरालाले आफ्नो सम्बोधनमा विद्यार्थीहरुको मानसिक स्वास्थ्य जागरुकताबारे बताइन्। कार्यक्रममा जिल्ला बाल संरक्षण एकाई र जिल्ला चाइल्ड हेल्पलाइन एकाईजस्ता संस्थाहरूले प्रशिक्षणमा सक्रियता देखाएका थिए। प्रशिक्षणमा पाकिम जिल्लाका २७ वटा स्कूलका शिक्षकहरूको सहभागिता रहेको थियो। विशिष्ट अतिथिहरुमा अनुज्ञालय व्यवस्थापन समितिका सदस्य फादर ज्ञान स्टिभ राई, परियोजना प्रबन्धक तेजकुमार थापा र पाकिम जिल्लाको शिक्षा विभागकी उपनिर्देशक पुनम प्रधानको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रममा सहभागी शिक्षकहरूलाई आवश्यक ज्ञान र व्यावहारिक उपकरणहरू प्रदान गरियो। यस प्रशिक्षणले विद्यार्थीहरुको मानसिक स्वास्थ्यमा सहयोग मिल्ने आशा राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement