गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सोरेङ जिल्लाको रिन्चेनपोङकी प्रतिभाशाली फुटबल खेलाड़ी निमिता गुरुङसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए। भर्खरै जोर्डनमा भएको एएफसी महिला च्याम्पियन्स लिगमा ओडिसा एफसीबाट भारतको प्रतिनिधित्व गरेकी थिइन्। मुख्यमन्त्री तामाङले टीम दोस्रो राउन्डमा छनोट भएकोमा बधाई प्रकट गर्दै भियतनाममा हुने आउँदो क्वालिफाइङ राउण्डको लागि पनि शुभकामना दिएका छन्। निमिता गुरुङले सिक्किमलाई गर्वित बनाएको उल्लेख गर्दै उनले आगामी दिनका लागि सफलताको कामना गरेका छन्।