गान्तोक: सिक्किम सरकारको वाणिज्य एवं उद्योग विभागले राज्यको अर्थतन्त्रलाई बलियो बनाउने दिशामा अहमदाबादको इन्स्टिच्युट अफ डिजाइनसँग समझदारी बनाएको छ। यो कार्यक्रम सिक्किम इन्स्पायर्सअन्तर्गत सञ्चालित हुनेछ। यसको मुख्य उद्देश्य बजार व्यवस्थापन सुधार क्षमता विकास र युवा उद्यमीहरुलाई प्रोत्साहित गर्ने रहेको छ। युवाहरुलाई आत्मनिर्भर बनाउने र राज्यको अर्थतन्त्रलाई विस्तार गरिने लक्ष्य राखेर विभागले उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो। वाणिज्य तथा उद्योग विभागको सम्मेलन कक्षमा आयोजित उक्त हस्ताक्षर कार्यक्रममा वाणिज्य तथा उद्योग तथा पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ टेन्डुप भोटिया, सचिव कर्मा आर बोन्पोको उपस्थिति रहेको थियोष अहमदाबाद आएका एनआईडीका प्रतिनिधिहरुमा प्रवीण नाहर सामेल थिए। कार्यक्रममा बोल्दै मन्त्री भोटियाले सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाबारे बताए। यसअन्तर्गत उनले थाङ्का चित्रकारिता, गलैंचा, ह्यान्डलूमका पारम्परिक उत्पाद आदि क्षेत्रहरू सिक्किमको सांस्कृतिक पहिचानका अभिन्न अंग भएको उल्लेख गरे। मन्त्री भोटियाले सामाजिक र डिजिटल पूर्वाधारको आवश्यकतामा जोड दिए। उनले सुदृढ डिजिटल इकोसिस्टम विस्तार गर्न पूर्वाधार निर्माण र उद्योग विज्ञहरूसँग सहकार्य गरी काम गरिरहेको बताए। एनआईडीसँगको यो सम्झौताले सिक्किमको सृजनात्मक उत्पादनको क्षमतालाई सशक्त पार्ने बताए। सिक्किमका परम्परागत शिल्प, संस्कृति र सम्पदाको डिजाइनलाई उद्योगको रुपमा विस्तार गरेर दिगो र समृद्ध अर्थतन्त्र निर्माणमा सरकार गम्भीर भएको बताए। सचिव कर्मा आर बोन्पोले सम्झौता केन्द्र सरकारको सहकार्यमा भएको जानकारी गराए। यसअन्तर्गत सिक्किम सरकार र एनआईडीले संयुक्त रूपमा सिक्किमको अर्थतन्त्रको लागि रणनीतिक रोडम्याप तयार गर्ने काम रेको जानकारी दिए। एनआईडीसँगको यो साझेदारीले आर्थिक र औद्योगिक विकास मात्र नभई शिक्षा, कौशल विकासमार्फत स्थानीय युवाहरुलाई अवसरहरू पनि प्रदान गर्ने जानकारी दिए।