गान्तोक: सिक्किम विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रो. ज्योति प्रकाश तामाङले आज राजभवनमा राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे। भेटको क्रममा उपकुलपतिले संस्थाको प्रगति, यसका शैक्षिक गतिविधि र भविष्यका लागि गर्ने मार्गचित्रका बारेमा विस्तृत जानकारी गराएका थिए।
राज्यपालले नाम्ची जिल्लाको याङ्याङमा सिक्किम केन्द्रीय विश्वविद्यालयको स्थायी क्याम्पसको चलिरहेको निर्माणको बारेमा जानकारी लिनको साथै सिक्किम केन्द्रीय विश्वविद्यालयको भविष्यका पहलको निम्ति शुभकामना व्यक्त गरे।