प्यारालम्पिक पदक विजेताहरूका निम्ति नगद पुरस्कारको घोषणा गरे खेल मन्त्रीले

IMG-20240910-WA0313

नयाँ दिल्ली: केन्द्रीय खेल मन्त्री मनसुख माण्डवियाले मंगलवार पेरिस प्यारालम्पिकमा पदक जित्ने भारतीय प्यारा खेलाड़ीहरूका निम्ति नगद पुरस्कारको घोषणा गरे। भारतले हालै सम्पन्न यी खेलहरूमा आफ्नो इतिहासको सर्वश्रेष्ठ प्रदर्शन गरेको थियो। भारतले पेरिस प्यारालम्पिकमा ७ वटा स्वर्णसहित जम्मा २९ वटा पदक जितेको थियो। पेरिसमा स्वर्ण पदक जित्ने खेलाड़ीहरूलाई ७५ लाख, रजत पदक जित्ने खेलाड़ीहरूलाई ५० लाख र काँस्य पदक जित्ने खेलाड़ीहरूलाई ३० लाख रुपियाँ गरेर दिइनेछ। यसबाहेक मिश्रित टीममा सामेल पदक विजेताहरूलाई २२.५ लाख रुपियाँ गरेर दिइनेछ। भारतीय दल यसपाली २५ वटा पदक जित्ने लक्ष्य लिएर पेरिस गएको थियो तर अन्तमा २९ वटा पदक हासिल भयो। भारतले पेरिस प्यारालम्पिकमा सातवटा स्वर्णको साथमा नौवटा रजत र १३ वटा काँस्य पदक पनि जित्यो। भारतले यसअघि टोक्यो प्यारालम्पिकमा ६ वटा स्वर्णसहित १९ वटा पदक जितेको थियो। भारतले यसपाली २९ वटा पदकको साथ टोक्योको प्रदर्शनलाई पनि पछि छोड़्यो। प्यारालम्पिक खेलहरूमा ऐतिहासिक प्रदर्शनपछि भारतीय खेलाड़ीहरू मंगलवार स्वदेश फर्किए। खेल मन्त्री माण्डवियाले २०२८ लस एञ्जिलिस प्यारालम्पिकमा अधिक पदक जित्न प्यारा खेलाड़ीहरूलाई पूर्ण समर्थन र सुविधाहरू प्रदान गरिने दावी पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement