बीच गाउँ स्पोर्टिंग क्लब (घूम) फाइनलमा

IMG-20240910-WA0312

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन फूटबल लीगमा बीच गाउँ स्पोर्टिंग क्लब (घूम)-ले फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा मंगलवार खेलिएको पहिलो सेमिफाइनल म्याचमा बीच गाउँ स्पोर्टिंग क्लबले चामोंग युनाइटेड फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ बराईलीले २ गोल (४०औं र ४५औं मिनट) गरे। यसबाहेक अन्य एउटा गोल रोहन राईले ८०औं मिनटमा गरे। यसरी चामोंग युनाइटेडबाट निम तामाङले ७७औं मिनटमा गोल गरे। अब बिहीवार खेलिने दोस्रो सेमिफाइनलमा बड़ा काकझोड़ा युनाइटेड क्लब र भिजन एफसी-बीच भिड़न्त हुनेछ। फाइनल १५ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement