दार्जीलिङ पुलिस सजिलै फाइनलमा पुग्यो

photocollage_2024910222444689

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन फूटबल लीगमा दार्जीलिङ पुलिसले सजिलै फाइनलमा स्थान बनायो। लेबोंग स्थित गोर्खा स्टेडियममा मंगलवार खेलिएको फर्ष्ट डीविजन लीगको पहिलो सेमिफाइनलमा दार्जीलिङ पुलिसले घूमजोरबंग्लो स्पोर्टिंग क्लबलाई ८-०-ले पिट्यो। दार्जीलिङ पुलिसले यसअघि यही टीमलाई लीग चरणमा पनि ९-०-ले पराजित गरेको थियो। आज विजेता टीमबाट शुभम (हर्के) लामाले ह्याट्रिक गरे। उनले १७औं, २७औंं र ५१औं मिनटमा गोल गरे। यसबाहेक रुड गुलिटले ७३औं र ७८औं मिनटमा २ गोल गरे। अन्य दुईवटा गोल सीपी राईले ७७औं र ८२औं मिनटमा गरे। अब बुधवार खेलिने दोस्रो सेमिफाइनलमा भाह तकभर युनाइटेड एफसी र रिषिहाट युनाइटेड एफसी-बीच भिड़न्त हुनेछ। फाइनल १५ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement