लंकू युनाइटेड एफसी र सुन्तले एफसी विजयी

photocollage_2024910222123624

रोंगचोंग: प्रगति युवा संघ गेम्स एण्ड स्पोर्ट्स कमिटी, रोंगचोंगको तत्त्वावधानमा आयोजित डी.बी. योगी स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग पब्लिक ग्राउण्डमा आज भएको पहिलो म्याचमा लंकू युनाइटेड फूटबल क्लबले आयोजक पीवाईएस-को बी टीमलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दीपक थापा र सोहिल थापाले २-२ गोल गरे। यसरी अभिषेक थापा र समीप थापाले १-१ गोल गरे। पीवाईएस बी टीमबाट राजेन तामाङले १ गोल गरे। यसरी दोस्रो म्याचमा सुन्तले फूटबल क्लबले एसएफसी सिलगढ़ीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट केशव तामाङले २ र सञ्जीव तामाङले १ गोल गरे। यसरी एसएफसी-बाट सञ्जय शेर्पाले गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल म्याच २ अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा कालीझोड़ा युवा परिवार च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement