खोरीबारी ग्रामीण अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सकलाई धम्की दिएको आरोपमा एक जना पक्राउ

IMG-20240717-WA0001

खोरीबारी: खोरीबारी ग्रामीण अस्पतालको आकस्मिक विभागमा उपचारका लागि आएका एक युवकले ड्युटीमा रहेका चिकित्सकलाई धम्की दिएको आरोप लागेको छ।गएराति मादक पदार्थ सेवन गरी घाइते भएका एक युवकलाई उपचारका लागि खोरीबारी ग्रामीण अस्पतालमा आएकोमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ। त्यसपछि साथीभाइसँग केही टाढा गएपछि फेरि स्वास्थ्य बिग्रिएपछि १५ जना युवालाई ल्याएर डाक्टरलाई धम्की र चेतावनी दिए। घटनाको जानकारी पाएलगत्तै पुलिस घटनास्थल पुगेपछि सबै युवाहरु भागेका थिए। त्यसपछि डाक्टरले आज पुलिस थानामा उजुरी दिएका छन्। उजुरीका आधारमा खोरिबारी पुलिसले एक युवकलाई पक्राउ गरेको हो। अभियुक्तको नाम बप्पा देवनाथ हो। उनी खोरीबारीका बासिन्दा हुन्। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ। यो घटनाले डाक्टरहरु त्रसित भएका छन्। यस सम्बन्धमा खोरीबारी ब्लक हेल्थ अफिसर डा. सफिउल आलम मल्लिकले फोनमा यो घटना हिजो भएको बताए। सबै आतंकमा रहेको उनले बताए। यस्ता घटना दोहोरिन सक्छन्। पुलिसको गस्ती आवश्यक रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement