निशुल्क स्वस्थ जाँच शिविर सम्पन्न

53c98ca5-c8e1-4c43-ac30-4339b3628865

गोरुबथान – गोरुबथानको समाधान वेलफेयर सोसाइटी,लाइफलाइन नर्सिङ होम सिलगढी र रिगेन हेल्थ केयर एन्ड डाइगोनिस्ट सेन्टरको तत्वावधानमा निशुल्क स्वास्थ्य जाँच शिविर सोमबारे बजार न्यु स्पोर्टिङ्ग क्लबको प्रेक्षालयमा सम्पन्न भएको थियो। यस निशुल्क स्वास्थ्य जाँच शिविरमा टाडा टाडाबाट रोगीहरू आएर आफ्नो स्वस्थ जाँच गराए। आज सम्पन्न यस शिविरमा लगभग ८०   भन्दा धेरै मानिसहरूले यस शिविरमा आएर लाभ उठाए। सिलगढीका  डाक्टर डी प्रसाद, डाक्टर अजिज खान, अरिमदाम कुन्डु, डाक्टर सागर आदिको विशेष उपस्थितिमा निशुल्क स्वस्थ जाँच शिविर सम्पन्न भयो। यस शिविरको आयोजना समाधान वेलफेयर सोसाइटीले गरेको थियो। यस शिविरमा निशुल्क जाँचसितै निशुल्क औषधि पनि प्रदान गरियो।

उक्त कार्यक्रम सभापति दिनेश विश्वकर्माको निर्देशन भयो भने लगायत सम्पूर्ण समधानको टोली सचिव रमेश क्षेत्री, खजान्ची पदमबहादुर छेत्री र सहसचिव दिपेश छेत्री लगायत लक्ष्मी विश्वकर्मा, बबिता छेत्री, सपना विश्वकर्मा, उषा तामाङ, सरोज विश्वकर्मा, सुरज प्रधान, राजु छेत्री, सुनिल विश्वकर्मा, रोशन दर्जी, राजेश परियारको उपस्थिति रहेको थियो। नियन्त्रण सफल भयो, मुफ्त मेडिकल क्याम्पमा वरिष्ट डाक्टरहरूको उपस्थिति यस प्रकार थिए। आजको यस कार्यक्रममा मुख्य अतिथी ४३ नम्बर समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक सभापति सूर्यमणि राई रहेको थियो भने सचिव काशीराम प्रधान,बब्रु वहन राणा लगायत सम्पुर्ण टोली उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *