कोलकाता: पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले आरजी कर अस्पतालसँग सम्बन्धित मामलामा गतिरोध अन्त्य गर्ने उद्देश्यले मंगलबार साँझ राज्य सचिवालयमा बैठकको लागि आन्दोलनरत जुनियर डाक्टरहरूलाई आमन्त्रित गरिन्। ‘तपाईंको सानो प्रतिनिधिमण्डल (अधिकतम १० व्यक्तिहरू) अब सरकारी प्रतिनिधिहरूलाई भेट्न नवान्ना आउन सक्छन्’, राज्य स्वास्थ्य सचिव एन एस निगमले प्रदर्शनकारी डाक्टरहरूलाई पठाएको इमेलमा भने। यसैबीच पश्चिम बंगालका अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले मुख्यमन्त्री आफ्नो चेम्बरमा जुनियर डाक्टरहरूको प्रतिनिधिमण्डलको पर्खाइमा रहेको बताइन्। भट्टाचार्यले भने, ‘मुख्यमन्त्री उहाँकै कक्षमा पर्खिरहेका छन्, तर उनीहरूबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। आरजी कर अस्पतालको विषयलाई लिएर स्वास्थ्य सचिवबाट पत्र आउनु आफूहरुका लागि अपमानजनक भएको एक जुनियर डाक्टरले पत्रकारहरुसँग कुरा गरे, कारण उनीहरूले स्वास्थ्य सचिवको माग गरिरहेका छन् भन्ने उनले आफ्नो भनाइ राखे। डाक्टरले भने, ‘हामीले राज्य सचिवालयबाट कुनै पत्र पाएका छैनौं, तर स्वास्थ्य सचिवबाट पत्र पायौं, जसको राजीनामा चाहन्छौं। यो अपमानजनक छ।‘ उनले राज्य सरकारले जनप्रतिनिधिको संख्या १० मा सीमित गर्नु पनि अपमानजनक रहेको बताए। डाक्टरहरुले आफ्नो आन्दोलन र काम ठप्प जारी रहने स्पष्ट पारेका छन्। गत महिना, कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा एक जुनियर डाक्टरको दुष्कर्म र हत्यामा न्यायको माग गर्दै पश्चिम बंगालका जुनियर डाक्टरहरूले सरकारी अस्पतालहरूमा काम बन्द गरेका थिए।