२० लाख रुपियाँ मूल्यको काठ सहित २ जना पक्राउ

IMG_20220821_172432.jpg

राजगञ्ज: सिसाको बोतलको बोराको आड़मा काठ तस्करी गरिरहेको समय बेलाकोवा रेञ्जका वनकर्मीहरूले अभियान चलाएर लाख रुपियाँको बर्मा काठ उद्धार गर्नको साथै घटनामा २ जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू झारखण्ड निवासी चन्दन कुमार र छोटु ठाकुरको रूपमा चिन्हित गरिएको छ। गोप्य सूचनाको आधारमा आज बिहानै वन कर्मीहरूले सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको करतोआ इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा २० लाख रुपियाँ मूल्यको बर्मा काठ उद्धार गरेको बताइएको छ। यसको साथै घटनामा ट्रकको मालिक र चालकलाई पनि पक्राउ गरेको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त काठ गुवाहाटीबाट महाराष्ट्रतर्फ लगिरहेको थियो। पक्रा परेका २ जना तस्करलाई भोलि सोमबार जलपाईगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement