इम्फाल: मंगलबार इम्फालको राजभवनतर्फ मार्च गर्न खोजिरहेका विद्यार्थीहरूसँग सुरक्षा बलको झडप हुँदा ४० भन्दा बढी विद्यार्थी घाइते भएका पुलिसले जनाएको छ। सयौं विद्यार्थीहरू र महिला प्रदर्शनकारीहरूले यहाँ बीटी रोडमा राजभवन तर्फ मार्च गर्न खोजे, तर सुरक्षा बलहरूले कांग्रेस भवन नजिकै रोकेको पुलिसको भनाइ छ। प्रदर्शनकारीहरूले नारा लगाए र सुरक्षाकर्मीहरूमा ढुङ्गाहरू हानेको आरोप छl मणिपुर विश्वविद्यालयका विद्यार्थीहरूले पनि विरोध र्याली निकालेर केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्ला दहन गरे। तिनीहरू पछि राज्य सचिवालय तर्फ लागे, तर इम्फाल पश्चिम जिल्लाको काकवामा रोकिएको पुलिस अधिकारीले बताए। विद्यार्थीहरूले मणिपुरको कानून र व्यवस्थाको अवस्थालाई सम्बोधन गर्न असमर्थ भएको भन्दै राज्य सरकारका डीजीपी र सुरक्षा सल्लाहकारलाई हटाउन माग गरिरहेका छन्। ‘झडपमा ४० भन्दा बढी विद्यार्थी घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ’, अधिकारीले भने। इम्फाल पूर्व र पश्चिम जिल्लाहरूमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ, मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन रोक लगाइएको छl जबकि बीएनएसएसको धारा १६३ (२) अन्तर्गत थौबलमा निषेध आदेशहरू लगाइएको छl मणिपुर सरकारले मंगलबार इन्टरनेट सेवाहरू निलम्बित गरेको छl विद्यार्थी आन्दोलनको बीचमा राज्यको गृह विभागले एक अधिसूचनामा फोटो, घृणायुक्त भाषण र घृणा भिडियोहरू प्रसारण गर्न रोक्नको लागि निर्णय लिइएको जनाएको छl