सिलगढी: आज सिलगढीमा एसओजी र मतिगढा पुलिसले संयुक्त अभियान चलाएर धेरै मात्रामा मादक पदार्थ सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ गरिसकेपछि त्यस युवकलाई आज सिलगढी अदालतमा पेश गरियो ।लागि पदार्थ ओसारपसार गरेको अभियोगमा पक्रा परेका युवक नदिया निवासी जयन्तो दासको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नदियाबाट एकजना युवकले ४०८ ग्राम ब्राउन सुगर लिएर डिलेभरी गर्नको लागि सिलगढी आइपुगेपछि परिवहन नगरमा मादक पदार्थ लिएर घुमफिर गरिरहेको गोप्य सुइँको पाएपछि एसओजी टोलीले मतिगढा पुलिसको साथमा संयुक्त अभियान चलाएर उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।