सडक दुर्घटनामा परेर एकजना व्यक्तिको बाघडुग्रामा मृत्यु

IMG-20240621-WA0012

सिलगढी: सडक दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भएको घटना प्रकाशमा आएको छ।यस दुर्घटनामा परेर मर्ने मृतकको नाम संजीव उरांव हो भने तिनी बाघडुग्राको पुटीमारी निवासी थिए।संजीव उरांव कामको मजदूरी लिएर मोटर साईकलमा घर फर्किरहेका अवधि तिनको मोटर साईकलले एकजना महिलालाई धक्का दिएपछि तिनी त्यहाँबाट भाग्दै गरेको समय एउटा सिमेन्टको खाम्बामा ठोक्किदा सो दुर्घटना भएको र घटनास्थलमा नै तिनको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले बताए अनुसार यो दुर्घटना मादक पदार्थ सेवन गरेको कारणले गर्दा भएको हो। घटनाको जानकारी पाएपछि बाघडुग्रा थानाको पुलिस मौके घटनास्थलमा पुगेर शवलाई उद्धार गरे। यसपछि शवलाई पोस्टमर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement