सिलगढी: स्कूल बस दुर्घटनामा केही विद्यार्थीहरू घाइते भएका छन्। फाँसीदेवा मोडमा स्कूल बस दुर्घटना भएको छ। दुर्घटना हुँदा बसमा ७ जना विद्यार्थी सवार रहेको बताइएको छ। केही व्यक्ति भने सामान्य घाइते भएका छन्। घाइते विद्यार्थीहरूलाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन। पुलिस स्रोतका अनुसार कुनै कारणले बसको स्टेयरिङ लक भएर बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो। यसैबीच पुलिसले क्रेनको सहायताले बसलाई सडकबाट हटाएर पुलिस चौकी लगेको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।