खरसाङ: केही दिन अघि खरसाङ बजार क्षेत्रमा नाली ब्लक भएर सड़कभरि पानी बगेको विषयमा झोड़ामा सीसीटिभी जड़ान र झोड़ामा गैर कानुनी रुपमा जड़ान गरिएको पाइपहरू विषयमा छलफल गर्नलाई खरसाङ महकुमा शासकद्वारा सभा गरिएको छ। य समस्या समाधान गर्नलाई खरसाङको महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकद्वारा विभिन्न विभागहरू, नगरपालिका, झोड़ा क्षेत्रमा रहेका समाजका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न भएको छ। खरसाङ महकुमा शासकद्वारा बोलाइएको उक्त सभामा खरसाङ नगरपालिका, एनएफ रेलवे, पीएचई, अग्नि शमन विभाग स्थानीय समाजका प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभामा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ चिमनी देवरालीको सभासद श्याम शेर्पा, मनोनित सभासद प्रणाम रसाईली, पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्राती लगायत अन्यहरू उपस्थित रहेका थिए। सभामा उक्त झोड़ामा मैलाहरू फ्याँक्न नदिनलाई सीसीटिभी जड़ान गरिने, झोड़ामा गरै कानुनी रुपमा जड़ान गरिएको पाइप लाइनहरू निकाल्न संयुक्त रूपमा कार्य गर्नलाई पहल गरिने निर्णय गरिएको छ। विशेष गरेर खरसाङको उक्त झोड़ामा नगरपालिकाद्वारा पास गरिएको केवल ३० वटा पाइपहरू मात्र रहेको भए पनि हालमा उक्त झोड़ामा ९० वटा पाइपहरू जड़ान गरिएको र ती सबै गैर कानूनी पाइप लाइनहरू हटाउन पहल गरिने भएको छ।

यसै विषयमा विभिन्न विभागहरू र स्थानीय समाजको सुविधा र असुविधा विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै मनोनित सभासद प्रणाम रसाईलीले यसरी बताएका छन्।