सडक दुर्घटनामा एक मोटरसाइकल चालक गम्भीर घाइते

Screenshot_20240910_171848_WhatsApp-1

अलिपुरद्वार: सडक दुर्घटनामा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। घटना अलिपुरद्वार जिल्लाको मदारीहाट बीरपाडा ब्लकको बीरपारा पुरानो बस स्ट्यान्ड क्षेत्रमा मंगलबार भएको हो। स्थानीय स्रोतका अनुसार फालाकाटा ब्लकको तसती चिया बगानका गंगा मुण्डा नामका एक युवक मोटरसाइकलमा सवार थिए, विपरित दिशाबाट डम्परआएको थियो। वीरपाडा पुरानो बस स्ट्याण्ड क्षेत्रमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। उनलाई वीरपाडा स्टेट जनरल अस्पताल लगियो। उनको अवस्था बिग्रिएपछि उनलाई उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा सारियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement