लण्डन: ईंग्ल्याण्डले यस महिनाको अन्तमा अष्ट्रेलियाविरुद्ध खेलिने ५ वटा वनडे म्याचको सीरीजको निम्ति पेस बलर गस एटकिन्सनलाई आराम दियो। ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले वेष्ट इण्डिज र श्रीलंकाविरुद्ध ६ वटा टेस्ट म्याचमा पेस आक्रमणको अगुवाई गर्ने एटकिन्सनको कार्यभार प्रबन्धन गर्ने निर्णय लिएको छ। गत जुलाई महिना वेष्ट इण्डिजविरुद्ध टेस्ट पदार्पण गर्ने यस पेस बलरले ६ वटा टेस्ट म्याचममा ३४ विकेट लिएका छन्। उनले क्रिस वोक्ससँग ईंग्ल्याण्डको निम्ति लगातार ६ वटा टेस्ट म्याच खेलेका थिए। श्रीलंकाविरुद्ध सीरीजको अवधि उनको गति कम्ती भएको संकेत प्राप्त भएको थियो। ओवलमा तेस्रो दिन पनि उनले मैदान बाहिर केही समय बिताएका थिए। त्यसपछि उनले चौथो ईनिंग्समा चाहिँ ११ ओभर बलिंग गरेका थिए। यसपाली वनडे सीरीजको निम्ति ईसीबी-ले उनको स्थानमा ओली स्टोनलाई टीममा सामेल गरेको छ।
ईंग्ल्याण्ड सेप्टेम्बरको अन्तमा ३ वटा टेस्ट म्याचको सीरीज खेल्न पाकिस्तान जानेछ। त्यसपछि नोभेम्बरमा न्यूजील्याण्डविरुद्ध पनि ३ वटा टेस्ट म्याचको सीरीज रहेको छ। अनुभवी पेस बलर मार्क वुड पहिलादेखि नै कुहिनाको चोटले गर्दा टीमबाट बाहिर रहेका छन्। स्टुअर्ट ब्रड र जेम्स एण्डरसनले खेलबाट सन्न्यास लिएपछि ईंग्ल्याण्ड अहिले आफ्नो पेस आक्रमणलाई नयाँ रूप दिने तयारीमा जुटेको छ। ईंग्ल्याण्डका कार्यवाहक टेस्ट कप्तान ओली पोपले भने, मेरो विचारमा एटकिन्सन ठीक छन्। उनले निश्चित रूपले तरोताजा हुन र अघि बढ़्न केही हप्ताको ब्रेक पाएका छन्। यस ब्रेकले उनलाई निश्चित रूपले फाइदा हुनेछ।
अष्ट्रेलियाविरुद्ध वनडे सीरीजको निम्ति ईंग्ल्याण्डको टीम यसप्रकार छः
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, जेकब बेथेल, ह्यारी ब्रूक, ब्रायडन कार्स, जोर्डन काक्स, बेन डकेट, जोश हल, विल ज्याक, म्याथ्यू पट्स, आदिल राशिद, फिल सल्ट, जेमी स्मिथ, ओली स्टोन, रीस टोप्ले, जन टर्नर।