खरसाङमा श्री दमाई समाजको सभा अनि केन्द्रीय समितिको नयाँ कमिटी गठन

IMG-20220821-WA0155.jpg

खरसाङ: श्री दमाई समाज खरसाङ र दमाई समाज केन्द्रिय सामाजिक कल्याण समितिको संयुक्त अायोजनामा गोर्खा जन पुस्तकालय खरसाङमा केन्द्रिय समिति कोषाध्यक्ष एवं श्री दमाई समाज खरसाङको सभापति प्रकाश सेवाको अध्यक्षतामा सभा सम्पन्न गरियो। सभामा प्रकाश सेवाले सम्पूर्ण आय-व्यायको फाँटवारी राखेका थिए। डा. भीमराव अम्बेडकरको तस्वीरमा धुप-द्विप प्रज्जवलनबाट शुरू गरिएको सभामा पूर्व अध्यक्ष हिरेन्द्र कुमार त्रिखात्रीले स्वागत सम्बोधन राखे भने केन्द्रिय समितिका सभापति जीवन शिवा र सचिव लिलु कार्कीडोलीको निधन भएकोले कमिटी विघटन गरी नयाँ कमिटी गठन गरियो। सभाको शुरूमा दिवङ्गत सदस्य-सदस्याहरूको स्मरणमा मौन प्रार्थना राखियो। सभामा दार्जीलिङ, खरसाङ, कालेबुङ, बिजनबारी, दलसिङपाड़ा सिक्किमका प्रतिनिधिहरूको उपस्थितिमा नयाण केन्द्रिय समिति गठन गरियो।

उक्त नयाँ कमिटीमा अध्यक्ष विष्णु लावर, सचिव रिमेश मोथे, कोषाध्यक्ष हिरेन्द्र कुमार त्रिखत्री, सह-सचिवहरू युवराज सुन्दास र शान्ती ठटाल अनि उमेश कार्कीढोलीलाई प्रचार सचिवमा मनोनित गरियो। यसको साथै प्रत्येक दमाई समाजका दुईजना गरेर कार्यकरिणी सदस्यहरू मनोनित गरिएको छ। आजको सभा विषयमा श्री दमाई समाज केन्द्रीय समितिको प्रचार प्रसार सचिव उमेस कार्कीढोलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement