ईस्टन बाईपास सडक दुर्घटनाको मामलामा एकजना पक्राउ

Untitled-4-1024x576

सिलगढी: सिलगढीको ईष्टन बाइपासमा सडक दुर्घटनामा परी मृत्यु भएका युवकको परिवारले दिएको उजुरीपछि भक्तिनगर पुलिस स्टेशनले एक आरोपीलाई पक्राउ गरेको छ भने पुएिसद्वारा पक्राउ गरिएका अभियुक्तको नाम गौतम विश्वास (३३) हो। उनी ढाकेश्वरी क्षेत्रका बासिन्दा हुन्। आइतबार साँझ तीनजना साथीहरु मोटरसाइकलमा घुम्न निस्किएका थिए। तर ईष्टन बाइपास नजिकै रहेको मण्डल पेट्रोल पम्प नजिकै ट्रकलाई ओभरटेक गर्ने क्रममा पछाडि बसेका युवा कृष्ण दास मोटरसाइकलबाट तल झर्दा उनको मृत्यु हुन्छ। यो घटनापछि मृतकका दुवै साथी घटनास्थलबाौ चम्पट कसेका थिए। त्यसपछि सोमबार पीडितका परिवारले सडक दुर्घटनामा मृत्यु भएको भन्दै भक्तिनगर पुलिस थानामा उनका साथीहरूविरुद्ध उजुरी दिएका आधारमा अनुसन्धान गर्दै पुलिसले घटनापछि चम्पट कसेका दुई साथीमध्ये एक गौतम विश्वासलाई गएराति गजलडुबाको भोरेर आलोबाट पक्राउ गरेको हो। जबकि अन्य साथी र घटनामा प्रयोग भएको मोटरसाइकलको पुलिसले खोजी गरिरहेको छ। पुलिसले गिरफ्तार आरोपी गौतम विश्वासलाई आज जलपाईगुडी अदालतमा पेश गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement