मालदाको सुन पसलमा आगलागी

IMG-20240910-WA0181

मालदा: मालदाको एक सुन पसलमा आज आगलागी भएको घटनाले सनसनी मच्चाएको छ। शहरको बीएस रोड क्षेत्रमा रहेको एउटा सुनको पसलमा आगलागी भएको छ। आज बिहान सो क्षेत्रमा रहेको बहुतले सुन पसलबाट धुवाँ निस्किएको स्थानीयले देखेका छन्। खबर बाहिरिएसँगै क्षेत्रमा सनसनी फैलिएको छ। खबर पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेर आगो फैलिनुअघि नै नियन्त्रणमा लिइयो। प्रारम्भिक जानकारीका अनुसार सुन पसलमा रहेको एसीमा सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगो द्रुत रूपमा नियन्त्रणमा लिएका कारण धेरै क्षति भएको छैन। सुन पसल नजिकै अन्य धेरै पसलहरु रहेकाले स्थानीय बासिन्दा ठूलो दुर्घटनाबाट जोगिएका छन्। यसबाहेक सुन पसलभन्दा माथि बहुतले बस्ती पनि थियो। बिहान आगलागीको घटनालाई लिएर सर्वसाधारणमा त्रास पनि देखिएको छ। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement