सिलगढी: पानीट्याङ्की खोरीबारीमा बस अनियन्त्रित भई स्कुटरलाई पछाडिबाट धक्का दिँदा दुई जना गम्भीर घाइते भएका छन्। खोरीबारीको खानेपानी ट्याङ्की नजिकै उत्तर रामधन जोत क्षेत्रमा यो घटना भएको हो। खोरिबारीको पानीटङ्कीको बजारु जोतका दम्पती नक्सलबारीतर्फ गइरहेका थिए। त्यसपछि पानीटंकी–सिलगढीबाट जाँदै गरेको निजी यात्रुबाहक बस अनियन्त्रित भई पछाडीबाट स्कुटीलाई ठक्कर दियो। घटनामा रोबिन बर्मन र कल्याणी राय बर्मन गम्भीर घाइते भएका छन्।
घटनापछि स्थानीयवासीले घाइतेलाई उद्धार गरी नक्सलबारी अस्पतालमा भर्ना गरेका थिए। खबर पाएलगत्तै खोरिबारीको पानीटयाङ्की थानाका पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त बसलाई नियन्त्रणमा लिए।