आरजी कर हत्या प्रकरण: धुपगढीमा दीप प्रज्वलनक साथ मानव बन्धन बनाएर न्यायको माग

Screenshot_20240910_121153_WhatsApp

जलपाईगढी: कोलकाताको आरजी कर अस्पतालमा भएको घटनाका दोषीहरूलाई कडा सजायको माग गर्दै सोमबार साँझ धुपगढीमा विभिन्न माध्यमबाट विरोध प्रदर्शनहरू गरियो। उक्त घटनाको जनताले दीप प्रज्वलन र गीत गाएर विरोध गरे। घटनाको विरोधमा ठूलो संख्यामा मानिसहरु भेला भएर मानव बन्धन बनाए।

यो घटनामा अहिलेसम्म न्याय नपाएको जनताले गुनासो गरेका छन्। दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न सबैको माग गरेको छ। यस घटनाको विरोधमा लामो मानव बन्धन बनाइएको थियो। दोषी पहिचान गरी कारबाही होस् भन्ने सिंगो राज्य र देश चाहन्छ तर यस घटनामा कुनै प्रगति नभएको जनताले बताएका छन्। पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement