सम्थार गोल्ड कप फूटबल टुर्नामेण्ट हुने

IMG-20240910-WA0155

सम्थार: सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा छेडुप लामा स्मृति सम्थार गोल्ड कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सम्थार खेल मैदानमा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ३ हजार रुपियाँ तोकिएको छ। आफ्नो टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति २५ सेप्टेम्बर रहेको छ। अन्य जानकारीहरू आयोजन समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement