महानदी: गूम्ती ग्राम सुधार समिति स्पोर्ट्स कमिटी, महानदीको आयोजनमा हुने खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आधिकारिक फिक्स्चर जारी गरिएको छ। १५ सेप्टेम्बरदेखि शुरु हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिनेछ। यसमा मिक्स्ड अप् बोइज, जेआर३२, अली बक्स र हिल्स फूटबल एकाडमीले सीधै प्री-क्वार्टर फाइनलबाट अभियान शुरु गर्नेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ९ र १० नोभेम्बरमा हुनेछ। यसरी फाइनल १७ नोभेम्बरमा खेलिनेछ। गूम्ती टी स्टेट खेल मैदानमा हुने यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३०००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।