भद्रपुर: भारतको विहार प्रान्तस्थित जोगवनीमा उर्लाबारीका एक युवक मृत अवस्थामा फेला परेका छन्। सोमबार दिउसो करिव २ बजे उर्लाबारी वडा नम्बर ३ मंगलबारेका सुनिल विश्वकर्मा उर्फ खाती मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ।
सोमबार दिउसो करिव २ बजे अन्दाजी २८ वर्षिय विश्वकर्मा जोगवनीस्थित रेल वे स्टेशन छेउमा मृत अवस्थामा फेला परेको भारतीय प्रहरीद्वारा नेपाल प्रहरीले जानकारी पाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए।
प्रहरीकाअनुसार खातीको मृत्युको कारण नखुलेकोले उनको परिवारलाई शव बुझ्न भारत पठाईने बताएको छ।
यता उर्लाबारी वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले भारतीय प्रहरीसँग आवश्यक समन्वय गरि उनको शव नेपाल ल्याईने बताए। यस्तै उनले मंगलबार विहान वडाध्यक्षसहित खातीको परिवार शव बुझ्न भारत जाने बताए।
खाती मंगलबारेस्थित सिमलडाँडामा आफ्नो मामा र हजुरआमासँग बस्देै आएका थिए।