पाथीभरा मन्दिरबाट शुरु भयो चलचित्र ‘बलिदान’को छायांकन

IMG-20240910-WA0058

भद्रपुर: मोरङको सुन्दरहरैचा ८ चन्द्रनगरस्थित प्रशिद्ध पाथीभरा माताको मन्दिरबाट आसुसेन फिल्म निर्माण कम्पनीले ‘बलिदान’ फिल्मको शुभसाइत गरेको छ।
फिल्मको छायांकन सुरु गर्नु अघि हिन्दु धर्मशास्त्रको विधि विधानअनुसार पूजापाठ गरिएको थियो। मुम्बईबाट ल्याइएको अत्याधुनिक क्यामेरा मार्फत दृश्य खिचिएको छ।
छायांकन शुभारम्भ गरिँदा बलिदान फिल्मको युनिटलाई देखेपछि दर्शनाथीहरुको समेत भिँड लागेको थियो। तीजको अवसरमा मन्दिरमा आएका भक्तजनहरु आफ्नै ठाउँमा फिल्मको छायांकन भएको देख्दा निकै नै उत्साहित देखिन्थे।

चलचित्रमा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन्। यस्तै अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्मा यस चलचित्रमा देखिनेछन्। यही वर्ष रिलिज हुने चलचित्रको पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम समाप्त भएको हो। अब सुटिङको काम तिब्र गतिले अगाडि बढ्दैछ। सिनेमाको करिब ६० प्रतिशत छायांकन स्टुडियोमा हुनेछ। पुष्पा, केजीएफ र कल्की जस्ता भारतीय चर्चित फिल्म खिचेका क्यामेरा मार्फत यो चलचित्र खिचिने चलचित्रका निर्माता सन्तोष सेन बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement