चारली च्याप्लीन २ को नेपाल यात्रा

IMG-20240910-WA0078

भद्रपुर: मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमार नेपाल आउने भएको छ।
कोशी किशोरा समूह, रामनगर भुटाहा हरिनगर गाउँपालिकाको निमन्त्रणामा चारली च्यापलीन २ बाल दिवशका कार्यक्रममा प्रस्तुतिकालागि नेपाल आउन लागेका हुन्।

चारली च्यापलीन २ को भुमिकामा रहने भारतिय कलाकार चारली च्यापलीनको अभिनय गरेकाले गिनिज वल्र्ड रकर्ड समेत बनाएका छन् भने बलिवुडमा एक दर्जन बढि फिल्स समेत खेलिसकेका छन्। उनले विश्वभरमा चारलीको क्यारक्टरमा करिब ६ हजार बढी कार्यक्रममा सहभागी समेत भईसकेका छन्। भारत मुगैर घर भएका राजन कुमारलाई चारली च्यापलीन बन्न करिब ३ घण्टा लाग्छ। चारलीकै अभिनयमा चारली २ ले पनि विश्वलाई मौन कलाबाट हसाउने प्रयत्न गर्ने गरेका छन्। सामान्य परिवारमा जन्मेका राजन कुमार आफू भित्र जति सुकै पिडा भएपनि अरुलाई आफ्नो कलाको माध्यमले हसाउँन पाउदा गर्व महसुस हुने बताउछन्। ४५ वर्षिय राजन कुमार शालिन, सरल व्यक्ति हुन् भने नमस्ते बिहार लगायत एक दर्जन फिल्ममा समेत अभिनय गरिसकेका छन्। राजन कुमारको अबको केहि दिनको यात्रा चारली च्याप्लीन २ को रुपमा भदौ २५ गते (सितम्बर १०)देखि आश्विन ३ गते (सितम्बर १९)सम्म नेपाल हुनेछ।

नेपाल स्थित हरिनगर २ सुनसरी निवासी समाजसेवी तथा पत्रकार समेत रहेका तबरेज आलम अन्सारीको राजन कुमार नजिकका व्यक्ति हुन्। तबरेज कै आग्रहमा केहि दिन नेपालमा समय बिताउन मानेको चारलीको भनाई छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement