नेपाल फर्किन लागेका रुपलाल मलेसियाको विमानस्थलमा अस्ताए

IMG-20240910-WA0021

भद्रपुर: दुई छोरा, श्रीमती र वृद्ध आमा छाडेर ४ वर्षअघि मलेसिया पुगेका दाङका रूपलाल चौधरीको नेपाल फर्कने क्रममा मलेसियाको क्वालालम्पुर विमानस्थलमा अकस्मात् निधन भएको छ। ८० वर्षीया आमा रुपनी छोरा आउने खुसीले बाटोतिर हेर्दै बसेकी थिइन्। विभिन्न रोगबाट थलिएकी उनी ४ महिनादेखि छोरालाई बोलाइदिन पटकपटक आग्रह गरिरहेकी थिइन्। अब भने छोरा फर्कने आशामा बसेकी वृद्ध आमा अहिले छोराको शव आउने बाटो कुरिरहेकी छिन्। सानैमा छाडेर विदेशिएका बुवा भेट्न १३ र १६ वर्षीय छोराहरू विपिन र विवेक व्यग्र प्रतीक्षामा थिए। श्रीमान् गुमाएको खबर सुनेदेखि श्रीमती बेहोस रहिन्। नेपाली समयअनुसार शनिबार दिउँसो करिब ४ बजेसम्म रूपलाल सम्पर्कमै थिए। उनले मलेसियाको क्वालालम्पुर विमानस्थल पुगेपछि पनि आफन्तलाई फोन र म्यासेजमार्फत आफू फर्कन लागेको जानकारी गराएका थिए। तर एक्कासि रूपलालले म्यासेज गर्न छाडेका थिए।

About Author

Advertisement