भद्रपुर: सहकारीको करिब १५ करोड रकम काङ्रेस नेता धनराज गुरुङ र उनकी पुर्व श्रीमती ज्योति गुरुङमार्फत ठगी गरेको भन्दै ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले न्याए मागेका छन्। धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ। ज्योति अहिले फरार छिन् भने धनराज सुशासनको पक्षमा अग्रपंक्तिमा उभिएर वकालत गर्ने सांसद हुन्। पिडित कुम्भराज गुरुङले भने, ‘हाम्रो संस्थाको वचत रकम ज्योति गुरुङले अपचलन गरेको सत्य हो। पछि धनराजसमेत बसेर तिर्ने भनी मौखिक सहमति भएको हो।’