ल्योन (फ्रान्स): यूएफा नेशन्स लीग फूटबल टुर्नामेण्टमा इटलीले लगातार दोस्रो जीत हासिल गऱ्यो। यसरी फ्रान्सले पनि आफ्नो पहिलो जीत दर्ता गऱ्यो। सोमवार राति खेलिएको ग्रुप बी-को रोमाञ्चक म्याचमा फ्रान्सले बेल्जियमलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सले इटलीविरुद्ध पहिलो म्याचमा हारको निराशालाई भुलेर आक्रामक फूटबल खेल्दै जीत हासिल गऱ्यो। विजेता टीमबाट राण्डाल कोलो मुआनीले २९औं र औस्माने डेम्बेलेले ५७औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा इटलीले इज्रायललाई २-१-ले पराजित गऱ्यो। यस अवे म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने इटलीको म्याचको दुवै हाफमा १-१ गोल गऱ्यो। डाविडे फ्राट्टेसीले ३८औं मिनटमा इटलीलाई पहिलो गोल दिलाए। त्यसपछि मोइस कीनले ६२औं मिनटमा अझ एक गोल गरी टीमको जीत सुनिश्चित गरे। इज्रायलबाट एकमात्र गोल मोहामेद अबु फानीले ९०औं मिनटमा गरे। ग्रुप बी-मा इटली २ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्षमा रहेको छ। यसरी फ्रान्स र बेल्जियमसँग ३-३ पोइण्ट्स छ तर गोल अन्तरको आधारमा यी दुई टीम क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको छ।
यसरी ग्रुप जी-मा नर्वेले अष्ट्रियाविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा खेलिरहेको नर्वेलाई फेलिक्स हर्न मायहरले नवौं मिनटमै बढ़त दिलाए। त्यसपछि मार्सेल साबित्जरले ३७औं मिनटमा अष्ट्रियालाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा स्टार स्ट्राईकर एर्लिंग हालाण्डको गोलले नर्वेलाई जीत दिलायो। म्यानचेष्टर सिटीका खेलाड़ीले म्याचको ८०औं मिनटमा गोल गरे। यस ग्रुपको अन्य एउटा म्याचमा स्लोवेनियाले कजाखस्तानलाई ३-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने स्लोवेनियाबाट बेञ्जामिन सेस्कोले ह्याट्रिक गरे। उनले २३औं, २८औं र ६३औं मिनटमा गोल गरे। यस ग्रुपमा २-२ वटा म्याचपछि ४-४ पोइण्ट्स रहेको पनि गोल अन्तरको आधारमा स्लोवेनिया पहिलो र नर्वे दोस्रो स्थानमा रहेको छ। ग्रुप जे-मा रोमानियाले लिथुआनियालाई ३-१-ले अनि कोसोवोले साइप्रसलाई ४-०-ले पराजित गऱ्यो। ग्रुप एच-मा वेल्सले मोण्टेनेग्रोविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस ग्रुपको अन्य एउटा म्याचमा तुर्कियेले आइसल्याण्डलाई ३-१-ले पराजित गऱ्यो।