दोमुखामा एक जनाको शव भेटियो, एक बेपत्ता

IMG-20240910-WA0018

भद्रपुर: झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो।
उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन्। दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका थिए। हिजो दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए।
‘पौडी खेल्न चारजना पसेका थिए। दुईजना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सफल भएनन्’। दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।
उनीहरूको खोजीका लागि स्थानीयबासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका छन्। उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement