जीएलओएफ अभियान दलकाे निरीक्षण भ्रमण

n6302136781725907127384225ec006a69fe78744aa42a6ff9557029e8c9de9c4ede4684a74f03635a70488

मंगन: जीएलओएफ अभियान दलले उत्तर सिक्किमका खाङचुङ छो, लाचुङ खाङत्सा, ला छो र साको छो झीलहरूको निरीक्षण भ्रमण गरेको छ। भ्रमणको क्रममा अभियान दलको एक समूहले खाङचुङ छो झीलको उत्सर्जन अध्ययन गर्ने प्रयास गरेको थियो, तर अत्यधिक हिमपातका कारण उक्त कार्य प्रभावित बनेको बताइएको छ।
अर्कोतिर, अभियान दलको अर्को समूहले लाचुङ खाङत्सा झील र ला छो झीलको जोखिम न्यूनीकरण सर्वेक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। यसैगरी, तेस्रो समूह विस्तृत उप सतह अध्ययनको निम्ति साको छो झील पुगेको बताइएको छ। उक्त चारैवटा हिमतालहरू १८ हजार फुटमा अवस्थित रहेका छन्।
उल्लेखनीय छ, जीएलओएफ अभियान दलले वर्तमानमा उत्तर सिक्किमका विभिन्न झीलहरूको अध्ययन गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement