प्रवासी पञ्जीकृत मजदुरहरूलाई राशन कार्ड वितरण शुरू

n630206961172590671827824108b1389d0733ed3a2c8992723aa98d57d0c50457052d47afff89db34c347f

मंगन: देशको सर्वोच्च न्यायालयको निर्देश बमोजिम सिक्किम राज्यले पनि प्रवासी पञ्जीकृत मजदुरहरूलाई राशन कार्ड वितरण गर्न शुरू गरेको छ। यसै क्रममा आज मंगन जिल्ला अन्तर्गत ई-श्रम पोर्टलमा पञ्जीकृत १६९२ मजदुरहरूको प्रमाणीकरण पूरा गरेर राज्य खाद्य एवं नागरिक आपूर्ति विभागले राशन कार्ड प्रदान गर्न शुरू गरिएको छ।
मंगन जिल्लाका जिल्लापाल अन्नत जैनको बाहुलीबाट उनीहरूलाई राशन कार्ड प्रदान गरियो। उनले राशन कार्ड प्राप्त गर्ने लाभार्थीहरूलाई बधाई दिए। मंगनका डीसीएसओ पाल्देन एन. लाचुङपाले राशन कार्ड प्राप्त गर्ने मजदुरहरूले अबोप्रान्त सरकारद्वारा मान्यता प्राप्त राशन दोकानबाट मासिकरूपमा राशन ग्रहण गर्न सक्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement