आत्मनिर्भर सिक्किम अन्तर्गत तीन दिवसीय फुड स्टल प्रतियोगिता आयोजना

n6302069581725905883980f1151a7d9cd46d9e97992f9e7615dac31afad13c22f9f8ccd100a24686c62ad4

पाकिम: पाकिम जिल्लाका जिल्लापाल अगवाने रोहन रमेशको अध्यक्षतामा आत्मनिर्भर सिक्किम अन्तर्गत नशामुक्त भारत अभियानबारे विद्यार्थीहरूलाई जागरूक गराउन पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा बस्यो।
आत्मनिर्भर सिक्किम राज्यका विद्यार्थी र युवाहरूमा उद्यमशीलता सीपहरू विकास गर्न प्रस्तावित एउटा पहल हो।
सभालाई सम्बोधन गर्दै जिल्लापाल रमेशले आत्मनिर्भर सिक्किम अन्तर्गत गरिएको विभिन्न गतिविधिबारे विद्यार्थीहरूलाई जानकारी गराए। विशेष गरेर उनले यस योजना अन्तर्गत तीन दिवसीय अन्तर विद्यालय फुड स्टल प्रतियोगिता आगामी २६-२८ सेप्टेम्बरसम्म आयोजना गरिने अवगत गराए। यसको तयारी केवल विद्यार्थीहरूले गर्नुपर्नेछ भने शिक्षकहरूले आवश्यक मार्गदर्शन दिनेछन्।
यस प्रतियोगिताको निर्णय अर्थात फलाफल विद्यार्थीहरूले बिक्री गरेको सामग्री साथै आयबाट मूल्याङ्कन गरिने उनले बताए। उनले स्टल वरिपरिको साफ सफाइलाई प्राथमिकता दिनुपर्ने आवश्यकतामा जोड दिए। सबै टोलीहरूलाई अनिवार्य रूपमा नाटक, नृत्य, संगीत र मानिसहरूमा चेतना जगाउने अन्य तरिकाहरू प्रदर्शन गरेर नशा मुक्त भारत अभियान बारे सचेतना जगाउन आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement