राजभवनको तर्फबाट क्राफ्टेड फाइबर्सलाई सहयोगको आश्वासन

n630206957172590563134006daa52541a49d3ec0480e58012b75f11c6da889b32b95c530fd81145aaae653

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज नाथाङ अन्तर्गत क्राफ्टेड फाइबर्सका डा. छेवाङ नर्बु भोटियाले शिष्टाचार भेट गरे। यस भेट अवधि डा. छेवाङले क्राफ्टेड फाइबर्सको उत्पादन प्रक्रिया, आवश्यकता र यस विषयमा मानिसहरूको बढ्दो रुचीको बारेमा संक्षिप्तमा जानकारी गराए।
डा. छेवाङ राज्यमा हथकरघालाई संरक्षित र बढावा दिने कार्यमा एक समर्पित उद्यमीको रूपमा अघि आएको राजभवनले प्रेस विज्ञप्तिमा बताएको छ।
राज्यपालले यस पहलको सराहना गर्दै क्राफ्टेड फाइबर्सका प्रयासहरूमा राजभवनको तर्फबाट पूर्ण समर्थनको आश्वासन दिए। राज्यपालले भने, यस्ता उद्यमीहरू हाम्रा समाजका नायक हुन्, जसले आफ्ना कार्यहरूद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्। राजभवनको तर्फबाट हर सम्भव सहयोग प्रदान गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement