तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२५ का लागि पुस्तकहरू पठाइदिने आग्रह

Screenshot_20240909_233821_Google

गान्तोक: तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान सिक्किमद्वारा हरेक वर्ष प्रदान गरिने तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२५ का निम्ति लेखकहरूबाट साहित्यिक पुस्तकहरूको आह्वान गर्दछ।
भारतीय साहित्यकारका पुस्तक जो सन् २०२१, २०२२ र २०२३ भित्र प्रथम संस्करण प्रकाशित भएका छन्, ती पुस्तक प्रतिष्ठानलाई पुरस्कार चयनार्थ पठाउनका निम्ति तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान सिक्किमले भारतभरिका सबै साहित्यकारहरूलाई हार्दिक अनुरोध गरेको छ।
प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, तुलसी ‘कश्यप’ स्मृति पुरस्कारमा नगद रू एकाउन्न हजार, प्रशस्ति पत्र र स्मृति चिन्ह समावेश रहनेछन्। चयनार्थ पठाइने पुस्तक साहित्यका कुनै पनि विधाका हुन सक्नेछन्। एकजना लेखकको एउटामात्र पुस्तकका चार प्रति निम्नलिखित ठेगानामा आगामी ३१ अक्टोबर, २०२४ सम्ममा आइपुग्ने गरि पठाइदिन आग्रह गरिएको छ।
पुस्तक पठाउने ठेगाना:
श्रीमती हिरालता शर्मा, कश्यप सदन, कन्या पाठशाला मार्ग, गान्तोक, सिक्किम, ७३७१०१ फोन: ७८६६०७०२२१

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement