गान्तोक: सिक्किम सतर्कता पुलिसले सिक्किम राज्य ब्याङ्क (एसबीएस) का थप पॉंच अधिकारीहरू विरुद्ध कारबाही गरेको छ। सिक्किम सतर्कता पुलिसले सोमवार यी पॉंच अधिकारीहरूका घर र कार्यालयहरूमा छापा मारेर दस्तावेजहरू जफत गरेको छ।
उक्त जानकारी आज जारी एक प्रेस विज्ञप्तिमा दिइएको छ।
सिक्किम सतर्कता पुलिसले विश्वसनीय स्रोतहरूले उपलब्ध गराएको जानकारीको आधारमा एसबीएसका पॉंच अधिकारीहरूमाथि एफआईआर दर्ता गरेको छ। अधिकारीहरूमाथि गत ६ देखि ७ वर्षको अवधिमा ब्याङ्कका विभिन्न ग्राहकहरूसॅंग षडयन्त्र रचेर घुसको रूपमा ठूलो रकम लिएको आरोप छ।
आरोपी अधिकारीहरूले ग्राहकहरूलाई समय समयमा उनीहरूका ब्याङ्क खातामा पैसा हाल्न लगाउॅंथे, जुन हजारदेखि लाखौं हुने गर्दथ्यो। गान्तोक र सिङताममा विभिन्न ठाउॅंहरूमा छापा मारिएको बताइएको छ।