मिन्तोकगाङमा भएको प्रदर्शनीमाथि महिलाहरूको स्पष्टिकरण

IMG-20220522-WA0149.jpg

गान्तोकः केही दिन अघि मुख्यमन्त्री पीएस गोलेको सरकारी आवास मिन्तोकगाङ अघि पूर्व सिक्किमको रिनाक क्षेत्रका केही वासिन्दाले क्षेत्रमा सत्तारुढ़ एसकेएम पार्टी तथा सरकारप्रति असन्तुष्टि जाहेर गर्दै प्रदर्शनी र नाराबाजी गरेको घट्नामा ट्वीस्ट आएको छ। त्यस दिनको प्रदर्शनीमा सहभागी केही महिलाहरूले आज राजधानीमा पत्रकार सम्मेलन डाकेर त्यस दिन मनु तामाङ नाम गरेकी एक महिलाले मुख्यमन्त्रीकी मेडमले भेट्न बलाउनुभएको छ भनेर ढाँटेर ल्याएको दावी गरेका छन्। उल्लेखनीय छ, गत १६ मईको दिन आफूहरूलाई सत्तारुढ़ एसकेएम पार्टीका कार्यकर्ता बताउने केही मानिसहरूले मिन्तोकगाङ् अघि विरोध प्रदर्शनी गरेका थिए। उनीहरूले विशेष गरेर क्षेत्र विधायक विष्णु कुमार खतिवड़ा प्रति तीव्र असन्तुष्टि जताएका थिए। क्षेत्र विधायकले सरकारी ठिगाबिगाका कामहरूहमा पक्षपात गरेको उनीहरूको आरोप रहेको थियो। उक्त दिनको घट्नाले विधायक विष्णु कुमार खतिवड़ाले निक्कै आलोचनाको सामना गर्नु परेको थियो। तर, त्यसै प्रदर्शनीमा भाग लिएका केही महिलाहरूले आफूहरूलाई झुक्काएर गान्तोक ल्याइएको अनि पार्टी प्रति कुनै गुनासो नरहेको दावी गरेका छन्। तुलसा पौड्याल, पासङ डोमा शेर्पा अनि अन्य महिलाहरूले पत्रकारहरूसित कुराकानी गर्दै त्यस दिन मनु तामाङले आफूहरूलाई दिग्भ्रमित पारेर मिन्तोकगाङ अघि धरना प्रदर्शनीमा ल्याएको बताइन्। उनीहरूको भनाइअनुसार मनु तामाङले मेडम मुख्यमन्त्रीले भेट्न बोलाएकी छन् भनेर गान्तोक ल्याएका थिए। पछि केही मिडियाको अघि मनु तामाङ र अन्यहरूले पार्टी र क्षेत्र विधायक विरुद्ध बोल्न थालेपछि आफूहरू झस्किएको अनि त्यहाँबाट फर्केर गएको उनीहरूले बताए। उनीहरूको भनाइअनुसार उनीहरू पहिले पनि एसकेएम पार्टीका समर्थक थिए अनि भविष्यमा पनि रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement