गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस भेटको क्रममा प्रदेश भाजपा अध्यक्ष थापा र राज्यपालबीच सिक्किमको विकास, प्रगति र कल्याणमाथि व्यापक चर्चा भएको भाजपाले प्रेस विज्ञप्तिमा जनाएको छ। राज्यपालले आफ्ना अमूल्य विचारहरू साझा गर्दै राज्यका चुनौतीहरूलाई सम्बोधन गर्न विज्ञ मार्गदर्शन प्रदान गरे।