पाकिममा अन्तराष्ट्रीय साक्षरता दिवस पालन

IMG-20240909-WA0380

गान्तोक: पाकिम जिल्लाको महिला एवम् बाल विकास विभागको पहलमा आहो सेन्ती माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रीय साक्षरता दिवस अनि सचेतना कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रमको मुख्य थिम बहुभाषिक शिक्षा संरक्षण, साक्षरता, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ थियो। उक्त कार्यक्रम बेटी बचाओ बेटी पढाओ अभियान अन्तर्गत आयोजना गरिएको थियो भने यस अवसरमा आहो सेन्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक आइजक लेप्चा, शिक्षकवर्ग, विद्यार्थीवर्ग साथै सामुदायिक सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक कल्याण विभागकी उप निर्देशक डिकित लेप्चाले किशोरीहरूको सशक्तिकरण र बलियो समुदाय निर्माणमा शिक्षाको महत्वपूर्ण भूमिकामाथि जोड दिइन्। उनले समाजको प्रगतिका लागि हरेक छोरीले गुणस्तरीय शिक्षा पाउनु पर्ने विषयमा जानकारी गराइन्। उनले विद्यार्थीहरूलाई अनुशासित र मेहनती रहन र समाजको लागि राम्रो योगदान गर्नको लागि प्रयास गर्न प्रोत्साहित गरिन्।
यसै क्रममा डीएचईडब्ल्यू –की लैङगिक विशेषज्ञ कुसुम शर्माले “अन्तर्राष्ट्रिय साक्षरता दिवस” को महत्व, इतिहास र विषयवस्तुबारे जानकारी गराइन्। उनले बहुभाषिकताले सांस्कृतिक सहिष्णुता र विभिन्न समुदायको समझदारीलाई बढावा दिने कुरामा जोड दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement